काठमाडौँ । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ
सामुदायिक लघुवित्त वित्तीय संस्थाको फागुन ९ गते बसेको सञ्चालक समितिको १५४औं बैठकले फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने निर्णय गरेको छ ।
सोही निर्णय बमोजिम कम्पनीले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका, २०७९ को निर्देशन ९ बमोजिम मर्जर पश्चात् यस बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबार सुरु हुने मिति २०८० फागुन २४ देखि १५ कार्य दिनसम्म शेयर कारोबार रोक्का राख्न आग्रह गरेको हो ।
दुवै एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ ।
FACEBOOK COMMENTS