काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुई घन्टा ढीलो आएका अर्थमन्त्री जनार्दन शर्माले नाडा अटोमोबाइल्स एशोसिएसनको वार्षिक साधारण सभामा आफु अर्थशास्त्री नभएपनी देशलाई कस्तो अर्थ चाहिने हो आफुलाई थाहा भएको बताएका छन् ।
राष्ट्रपति समेत सामेल भएको कार्यक्रमका कारण आउन ढीलो भएको जनाएका अर्थमन्त्री शर्माले आयात लाई रोक्न नसक्ने समेत बताए । त्यस्तै कायक्रमलाई सम्वोधन गर्दै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले अटोमोवाईलको आयात रोक्ने भन्दापनि फ्लाई ओभर तथा सडक विस्तारमा लाग्न पर्ने बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष चन्द ढकालले सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए । नाडाका उपाध्यक्ष करण चौधरीले सातै प्रदेशका प्रतिनिधिहरु भेला भएको देख्दा आफु भावुक भएको बताए ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन समेत गठन गरिसकेको छ । नाडाको निर्वाचन भोलि हुनेछ ।
FACEBOOK COMMENTS