काठमाडौं । अटोमोबाइल्स एशोसियसन नाडाको आगामी अध्यक्षका लागि यसपटकको चुनावी माहोल यति धेरै तातिएको छ कि दुबै प्रतिस्पर्धा बाट महा भिडन्तमा पुगेको छ । यसका लागि प्यानल सहित करण चौधरी र ध्रुव थापा विच चुनावि अभियानमा लागेका छन् ।
ध्रुव थापा पर्यटकिय नगरी पोखराका घराना व्यवसायी हन् भने करण चौधरी विनोद चौधरीका भाई अरुण चौधरीका छोरा हुन् ।
नाडाको नेतृत्व चयन हुन केही समय बाँकी नै छ । प्यानलसहित मैदानमा उत्रिएका चौधरी र थापा दुबैजना सहमतीमा नजाने भन्दै आफ्नो जीत पक्का भएको दाबी गर्छन् ।
चौधरी वर्तमान उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदारमा ढुक्क छन् भने थापा पनि पूर्वउपाध्यक्ष भएकाले यस पटक उनले दावी गर्ने ठाउँ प्रशस्त नै छ ।
थापाका अनुसार यसअघि पनि उनले नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागी राजी हुँदा पाईसकेको पद पनि त्याग्नु परेको बताउँछन् । यसपाली भने थापा पछि हट्ने कुनै छाँटकाँट नरहेको देख्न सकिन्छ । उता चौधरीको पनि धेरै अटो व्यवसायीहरुको समर्थन रहेकोले सहमतिका लागी चौधरी राजी नहुने पक्का नै मान्न सकिन्छ । त्यसैले दुबै तर्फ अटो ब्यवसायिहरुको मज्बुद टिमनै देखिन्छ ।
थापा तर्फ आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन । थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेका छन्। त्यस्तै अमरज्योति रञ्जित, बि.एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस कंसाकार, सञ्जयकुमार खेतान थापाको प्यानलमा रहेका छन । नाडाको ईतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको थापाको दाबी छ ।
चौधरी तर्फ अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ला, निलमणी पाठक, र गंगाराज भट्टराई छन् । चौधरी आफ्नो प्यानलमा नाडामा निकैनै लामो अनुभव हासिल गरेका ब्यक्तिहरु भएकाले जित्नेमा ढुक्क रहेको बताउँछन् ।
