काठमाडौं । हिजोबाट नाडाको निर्वाचन तथा ४५ औं साधारणसभा शुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान जारी छ । होटल सोल्टीमा विहान ८ बजेदेखि भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् ।
आगामी अध्यक्षको लागि सुजुकी नेपालका आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटर नेपालका आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।
थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया पनि छन् । नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार र सञ्जय खेतान पनि थापाको प्यानलबाट कार्यासमिति सदस्यको प्रतिस्पर्धामा छन् । नाडामा ३ हजार २१६ जना मतदाता छन् ।
चौधरीले आफनो प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई कार्यसमिति सदस्यका लागि राखेका छन् । चौधरीको सूमहमा वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई पनि सदस्यका प्रत्यासी छन् । नाडामा ३ हजार २१६ जना मतदाता छन् ।
दिउँसो ३ बजेसम्म मतदान सकिने र नतिजा पनि आजै आउने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
FACEBOOK COMMENTS