काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डल र अर्थमन्त्री डा. प्रकाश शरण महतबीच भेटवार्ता भएको छ ।
सोमबार नाडाका अध्यक्ष चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले र अर्थमन्त्रीले भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको हो ।
सो छलफलमा नाडाका अध्यक्ष चौधरीले नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मापदण्डले अटोमोबाइल व्यवसाय धरासायी बनेको भन्दै तत्काल मापदण्ड स्थगित गर्न अनुरोध गरेका छन् ।
अध्यक्ष चौधरीले अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनुपर्ने बताएका थिए । साथै, हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनु पर्ने बताएका थिए ।
यस्तै बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध समेत नाडाका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग गरेका छन् ।
काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरी दिन उनले अर्थमन्त्री डा.महतसँग आग्रह गरेका छन् ।
सो छलफलको अन्त्यमा अर्थमन्त्री महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावहरुप्रति जिज्ञासा राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
यस्ता छन् १७ बुँदे सुझाव
FACEBOOK COMMENTS