काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र उनको कार्यसमितिले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ ।
नाडाको केन्द्रीय कार्यालय टेकुमा आयोजित विशेष कार्यक्रम तथा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमार्फत पद तथा योपनीयताको सपथ गराइएको हो । साथै निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार समेत हस्तान्तरण गरेका छन् ।
सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
यस्तै, पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।


बैठकको क्रममा नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरे । उनले मनोनीत सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

साथै, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्–

अटोमोबाइल क्षेत्रलाई स्वस्थ बहसमा ल्याउन मिडियाको भूमिका स्मरणीय रह्यो : करण चौधरी
FACEBOOK COMMENTS