काठमाडौं । सीजी मोटर्सले नाडा अटो शो-२०८१ लाई लक्षित गरेर नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहक आवश्यकतालाई लक्षित गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्राण्ड सार्वजनिक गरेको हो ।
मंगलबार नाडा अटो शोमा सार्वजनिक भएका नयाँ ४ गाडीमा अवतार, एक्सपेङ, रिद्दारा र हिरो छन् । योसँगै सीजीले विभिन्न १० ब्राण्डका गाडी नेपाली बजारमा बिक्री गर्नेछ । यसपालिको नाडा अटो शोमा नेटा, एक्सपेङ, अवतार, आयोन, रिद्दारा, सीजी केवाईसी, किङ लङ र हिरो गरी सीजी मोटर्सका ८ स्टल रहेका छन् ।
कम्पनीले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ । अवतारको अवतार११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो ।
अवतार विश्वप्रसिद्ध सवारीसाधन उत्पादक कम्पनी चाङगान, प्रविधमा अग्रणी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक क्याटलको साझेदारीमा उत्पादित ब्राण्ड हो ।
कम्पनीका अनुसार अवतार११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचरिस्टिक एसयूभी हो भने सो गाडी फुल चार्जमा ६८० किमि कुद्ने क्षामताको रहेको कम्पनीको भनाइ छ ।
यो गाडीमा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । ग्राहकहरूले नाडा अटो शोको स्टल नम्बर एच१३ मार्फत थप जानकारी पाउन सक्ने कम्पनीले बताएको छ ।
कम्पनीले नाडा अटो शोको स्टल नम्बर जी१२ मा एक्सपेङ सार्वजनिक गरेको छ । यो गाडी जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज दिने दाबी कम्पनीको छ ,
त्यसैगरी नाडा अटो शोमार्फत नै सार्वजनिक रिद्दरा ६३ किलोआवर ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको छ भने यसले ३७७ किलोमिटरको रेञ्ज दिने कम्पनीले जनाएको छ ।
नेटाको नयाँ मोडल नेटाएक्स नाडामार्फत सार्वजनिक गरिएको छ । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्जसहित नेटाएक्समा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ ।
यस्तै नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्ने कम्पनीले बताएको छ।
त्यसैगरी आयोनले नाडालाई लक्षित गरी आयोन वाई, आयोन भी, हाइपर र हाइपर एचटी प्रदर्शनीमा राखेको छ । यस्तै हिरोमार्फत सीजी मोटर्सले दुईपांग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ ।
उक्त स्टलमा हिरो करिज्मा एक्सएमआर, एक्स-पल्स प्रो२०० फोरभी, एक्स-ट्रीमी १६० आरफोर, एक्स-ट्रीमी १२५आर र जुम१११० प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS