काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोडेको घोषणा गरेका छन ।
उनले नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने बताएका छन । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । त्यसँगै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् ।
नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन । मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो
कुनै दुस्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ । संसद्मा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन् । नयाँ दल नयाँ भावना र
राजनीतिक विचारलाई स्थापना गर्ने सामाजिक संञ्जालमार्फत बताएका छन ।
FACEBOOK COMMENTS