काठमाडौँ । एक्स्पो हेर्न आउनेहरुलाई अज सहज गर्न नाइमा अटो एक्स्पोको समय थप गरिएको छ ।
अवलोकनर्ता निरन्तर बढिरहेकोले समय थप गरिएको नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले बताए ।
उनले भने, ‘बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ ।’
पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाको अपेक्षा छ ।
शनिबार थप अवलोकर्ता बढ्ने अपेक्षा गर्दै व्यवस्थापन गर्न चुस्त बनाइएको अर्यालको भनाइ छ । एक्स्पोको पहिलो दिन प्रायः कम्पनीले गाडीका नयाँ मोडल सार्वजनिक गरेका थिए ।
दोस्रो दिन नयाँ मोडलसँगै अफर सार्वजनिक गरिएको छ । प्रायः कम्पनीले नाइमा एक्स्पोमा दिएको अफर आउने दसैंतिहारसम्म रहनेसमेत बताएका छन् ।
किया मोडलमा अधिकतम १० लाख रुपैयाँसम्मको नगद फिर्ता पाउने स्कीम राखिएको छ ।
१ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स प्याकेज पनि उपहारस्वरूप पाउने कम्पनीले बताएको छ । नाइमा एक्स्पोको अवसरमा भारतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट नेपाल भित्रिएको छ ।
एक्स्पोमा केडिया इन्टरनेसनलसँगको रणनीतिक साझेदारीमार्फत अल्ट्राभायोलेट एफ ७७ म्याक २ रिकन सार्वजनिक गरिएको हो । उक्त मोटरसाइकलले पहिलो दिनदेखि नै सवारीप्रेमी र वातावरणप्रति सजग युवाको उल्लेखनीय ध्यान खिचेको कम्पनीको दाबी छ । नाइमा एक्स्पोमा बीवाईडी सिगल (एट्टो–१) मा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको छ । सिगल (एट्टो–१) को डाइनामिकको २८ लाख ९५ हजार र प्रिमियमको ३२ लाख ९९ हजार २९ लाख रुपैयाँ पर्नेछ ।
एक्स्पो अवधिका लागि विभिन्न अफर ल्याएको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा एक्स्पो अवधिका लागि विभिन्न अफर घोषणा गरेको छ ।
यो अफर एमजी ४ ईभी (कम्फर्ट, डिलक्स भेरियन्ट), एमजी एसछ ईभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर ईभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट ईभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र एमजी आईएम ६ (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलमा उपलब्ध छ ।
FACEBOOK COMMENTS