काठमाडौं । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन् ।
आज देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५ लाख ९९ हजार रुपैयाँमा वा पावरफुल सेरेस ईभीमा ८ लाख ९९ हजार रुपैयाँमा घर लैजान सक्नेछन् ।
यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ । अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउने जनाएको छ ।
नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा उपलब्ध छ । ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किंग डेमै प्राप्त गर्न सक्नेछन् ।
यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो(म्याक्स पाउनेछन् ।
ईभी उत्साही र सम्भावित ग्राहकहरूका लागि ग्रिनर भविष्यको लागि छुटाउनै नहुने डिल र रमाइला पुरस्कारहरूको लाभ लिन डिजाइन गरिएको “प्री बजेट ब्याश” एक विशेष अवसर हो। सबै सम्भावित ग्राहकहरूलाई यस अफर र परिवर्तनको हिस्सा बन्न बैसाख १८ गतेदेखि २२ गतेसम्म आफ्नो नजिकको नामी वा सेरेस शोरूममा भ्रमण गर्न आग्रह गरेको छ।
FACEBOOK COMMENTS