काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई–२ फुल एसयूभीलाई ३५ लाख ९९ हजार रुपैयाँको विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार उक्त विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । त्यसपछि भिगो ई–२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
थप प्रिमियम फिचर्स चाहने ग्राहकका लागि कम्पनीले थप ८ लाख रुपैयाँमा भिगो ई–२ प्लस पनि उपलब्ध गराएको छ । ई–२ प्लसमा मुनरुफ र आर १८ टायर उपलब्ध छन् ।
सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्ण्कुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, एमएडब्लू ग्रुपको प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्ण्ॉकुमार अग्रवालले भिगो ई–२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्ने बताए ।

चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभीको अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पुर्याइएको उनको भनाइ थियो ।
सहरभित्रको दैनिक आवतजावत, पारिवारिक यात्रा तथा नेपालभरका लामो दूरीका यात्रालाई ध्यानमा राखेर तयार गरिएको भिगो ई–२ ले फुल एसयूभीको प्रभावशाली उपस्थिति, दैनिक उपयोगिता र आत्मविश्वास प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले भिगो ई–२ लाई ‘सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्स’ तीन आधारमा केन्द्रित गरेको जनाएको छ ।

सर्वाधिक स्पेस
भिगो ई–२ मा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन रहेको छ । यसले पर्याप्त हेडरुम, सोल्डररुम र लेगरुम प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको २ हजार ७१५ मिलिमिटर ह्विलबेसले यात्रुलाई थप आराम प्रदान गर्छ भने ५७२ लिटरको बुट स्पेसले पारिवारिक तथा दैनिक आवश्यकताका सामग्री राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ ।
सर्वाधिक फिचर्स
भिगो ई–२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, नवीन ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा डीजीआई–सञ्चालित एडीएएस जस्ता फिचर्स उपलब्ध छन् । यी फिचर्सले यात्रालाई थप आरामदायी, सुविधाजनक र आत्मविश्वासी बनाउने कम्पनीको भनाइ छ ।
उत्कृष्ट पर्फर्मेन्स
भिगो ई–२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ भने १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
कम्पनीका अनुसार भिगोको क्षमता सार्वजनिक कार्यक्रममा गरिएका दाबीमा मात्र सीमित छैन । नेपालभर हाल २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको र भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायत देशका विभिन्न भूगोल तथा चुनौतीपूर्ण मार्गमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले ती वास्तविक यात्राले नेपालको विविध भू–बनोटमा आत्मविश्वासका साथ प्रदर्शन गर्ने भिगोको क्षमतालाई प्रमाणित गरेको दाबी गरेको छ ।
ग्राहकले शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलमा पुगेर भिगो ई–२ को प्रत्यक्ष अनुभव लिनुका साथै ३५ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुकिङ गर्न सक्नेछन् । उक्त विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । त्यसपछि भिगो ई–२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।