उदयपुर । उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का विजयी भएका छन् ।
खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन् ।
यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे । यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
खड्कालाई रोक्न पुरानै प्रतिस्पर्धी एमाले नेतृ मञ्जुकुमारी चौधरी मैदानमा उत्रिए पनि सफल भए । पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुन् ।
FACEBOOK COMMENTS