काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै पहिरोको जोखिम उच्च रही कुनै पनि समयमा माथिबाट ढुङ्गाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकोले उक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एस्काभेटर प्रयोग गरेर ढुङ्गा झार्न कार्य गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब २ घण्टाजति सवारी आवागमन बन्द रहने जनाएको छ । कार्यालयले सो अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोकेर सहयोग गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS