वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन जडान अन्तिम चरणमा पुगेको छ ।
क्याथ ल्याब जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । उक्त सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले आफ्नै प्रदेशमा सहज रूपमा क्याथ ल्याब सेवा प्राप्त गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।