काठमाडौँ । बालप्रतिभाको खोजीका लागि ‘नेशन्स गट् ट्यालेण्ट’ रियालिटि शोको अडिसन सुरू हुने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार सम्मेलन आयोजना गरी शोको अडिसन मंसिर १६ गतेदेखि सुरु हुने बताइएको हाे ।
बालबालिकाहरुले गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्न पाउने यस शोका लागि ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिलाशमा, गौरी मल्ल, ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दनालाई निर्णायकका रुपमा अनुबन्ध गरिएको आयोजक कम्पनी एएनपि मिडिया हाउसका संस्थापक अध्यक्ष लब बहादुर कार्कीले बताएका हुन् ।
यस कार्यक्रमको सल्लाहकार संयोजकमा बिदुर गिरी, प्रोग्राम संयोजकमा राज लुइटेल, ईभेन्ट संयोजकमा शुम्भु प्रसाद रेग्मी, तथा कार्यालय संयोजकमा अनिता तामाङ रहेका छन् । लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशन रहने यस शोको मुख्य सहायक निर्देशकमा सुर्य गुरुङ रहेका छन् ।
नेशन्स गट् ट्यालेण्ट रियालिटि शोको लागि छिट्टै अडिसन सुरु गरिने बताउँदै निर्देशक कार्कीले भने, ‘छ महिना अघिबाट हामीले गर्दै आएको तयारीले आजमुर्त रुप लिएको छ । चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी अघि बढेको हुँदा अब मंसिर १६ गतेदेखि काठमाडौँमा अडिसन शुरु हुनेछ ।’
कार्कीले काठमाडौँ लगायतका देशका प्रमुखशहरहरुमा अडिसन राखिने पनि स्पष्ट पारे ।
त्यस्तै अर्को निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट् ट्यालेण्ट लिएर आमदर्शक माझ प्रस्तुतगर्न लागिएको बताए ।
‘संगीत र नृत्य मार्फत बालवालिकाहरुको प्रतिभा देखाउने प्लेटफर्म प्रदान गर्ने लक्ष्य सहित हामीले यस शोलाई प्रस्तुत गर्न लागेका हौं’ उनले भने ।
यस शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाईन पे इन्टरनेशन भोटिङ् पार्टनरका रुपमा रहेका छन् । साथै एएनपि मिडिया हाउसको व्यानरमा एपिवान टेलिभिजनबाट शो प्रसारण हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS