काठमाडौं । नेविसंघले स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन मंसिर ११ देखि १३ गतेसम्म त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा हुने अध्यक्ष दुजाङ शेर्पाले बताए ।
नेविसंघ मातहतका विश्वविद्यालय, आंगिक, सम्बन्धन प्राप्त तथा सामुदायिक क्याम्पसरकलेजका निर्वाचित स्ववियु अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको साझा प्रतिनिधिमूलक संस्था स्ववियु परिषद् नेपाल गठन तथा सञ्चालनका लागि राष्ट्रिय अधिवेशन आयोजना गर्न लागिएको उनले बताए । स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन व्यवस्थापनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।