काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विपद्का बेला राज्य संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेल प्रेस विज्ञप्ति निकालेर विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।
साथै, विपद्पूर्वको तयारी तथा उद्धारका कार्यमा सघाउन आयोग राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु एवम् सम्पूर्ण नागरिक समाजलाई आग्रह गरिएको छ ।
देशका विभिन्न भूभागमा सुरु भएको मनसुनी वर्षाबाट हुनसक्ने बाढी, पहिरोका कारण उत्पन्न संभावित जटिल अवस्था र सोबाट मानवअधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि संयमता, धैर्यता, सक्रियता र विवेकपूर्ण ढंगले आआफ्नो क्षेत्रबाट उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS