काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ ।
कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आबद्ध बीमितहरू, अभिकर्ताहरू, कर्मचारीहरू र शुभेच्छुकहरूप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गरे । उनले यो शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै त्यहाँ रहेका बालबालिकाहरूलाई खाना खुवाएको र रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको बताए साथै, कम्पनीका देशभरका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था र मानव सेवा आश्रमजस्ता संस्थाहरूमा यस्ता कार्यक्रमहरू आयोजना गरेको जानकारी दिए ।
कर्मचारीहरूलाई शारीरिक र मानसिक रूपमा सक्षम बनाउने उद्देश्यले आन्तरिक क्रियाकलापमा सहभागी गराई अन्तर–कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरिएको उनले भने प्रतियोगितामा पुरुषतर्फ क्रिकेट, पुरुष र महिलातर्फ फुटसल, ब्याडमिन्टन र बुद्धिचाल जस्ता विभिन्न खेलहरू समावेश थिए ।
बुढानिलकण्ठस्थित होटल लेमन ट्रीमा मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको बार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो, खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक र प्रमाणपत्र, तथा रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
यो बार्षिकोत्सवले कम्पनीको उपलब्धिहरूलाई मात्र नभई सामुदायिक सेवा र कर्मचारी संलग्नताप्रतिको प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।
FACEBOOK COMMENTS