काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकेसँगै काठमाडौं उपत्यका छाड्न नपाउने गरी गरेको निर्णय फिर्ता भएको छ ।
भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी गरेको निर्णय फिर्ता भएको प्रवक्ता तथा आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । आयोगले थापालाई विदेश जान पनि रोक लगाएको थियो ।
उनीसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलाई पनि स्थान हद तोकेको थियो ।
अन्य कसैको पनि आयोगले बयान लिइसकेको छैन । उनीहरूको पनि बयान लिने तयारी आयोगले गरिरहेको छ ।
FACEBOOK COMMENTS