काठमाडौं । आगामी कात्तिक २९ र ३० गते काठमाडौंमा सुरक्षित र दिगो यातयात सुधारका निम्ति युवा सम्मेलन हुने भएको छ । नासा नेपालद्धारा आयोजित यस कार्यक्रममा नेपालकाे सडक सुरक्षा र यातयातको विकास संवर्धनका विषयमा छलफल हुने भएकाे हाे । सम्मेलनकाे उद्घाटन युवा तथा खेलकुद मन्त्रीले गर्ने छन् भने समापन भाैतिक पूर्वधार मन्त्रीले गर्ने याेजना छ। याे सम्मेलन सुुरक्षित र दिगो गतिशीलताको लागी एक ऐतिहासिक पहल हुने जनाइएको छ सम्मेलनको मुख्य उद्देश्य नेपालमा सडक दुर्घटनाबाट हुने शारीरिक,आर्थिक र मानविय क्षति घटाउनु हो। यस कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ, क्रियाशील युवा र पेशेवरहरू एकत्रित भएर सडक सुरक्षा सुधारका उपाय र नीतिहरूका बारेमा छलफल गर्नेछन्।
पछिल्लो समय नासा मोटरस्पोर्ट्सको प्रवर्द्धन र नेपालमा सडक सुरक्षा संवर्धनमा सक्रिय रहँदै आएको छ । कार्यक्रमको सहकार्यमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेशन,नाशा फाउन्डेशन नेपाल रहेका छन्, र राष्ट्रिय युवा परिषद यसका प्रमुख समर्थकका रूपमा सहभागी हुनेछ । सम्मेलनमा सडक दुर्घटनाबाट हुने मानव र आर्थिक क्षतिको कमी गर्ने उपाय र रणनीतिहरूको विकास गर्नु हो। यस कार्यक्रमको पहिलो पटक आयोजना हुने भएकाले, विभिन्न अन्तर्राष्ट्रिय वक्ताहरू र त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, र राष्ट्रिय युवा परिषदका प्रतिनिधिहरूसँग मुख्य एजेन्डामा छलफल हुने जनाइएको छ ।
नेपालको सडक पूर्वाधार कमजोर र अपर्याप्त रहेको छ, जसका कारण सडक दुर्घटनाका घटनाहरू वृद्धि गर्दैछन्। यसका कारण मृत्यु र घाइते हुने संख्या दिनप्रतिदिन बढिरहेको छ । सम्मेलनको प्रमुख सत्रहरूमा युवामा सडक सुरक्षा अभियानका लागि सञ्जाल निर्माण र क्षमता अभिवृद्धि, सुरक्षित यातायात अभ्यासको लागि युवाको भूमिका र प्रभावकारी नीति, बालबालिका र युवाको सुरक्षा सुनिश्चित गर्ने रणनीतिहरू,पैदलयात्री र साइकल चालकका लागि सडक पूर्वाधारको सुधार, विशेषज्ञहरूको प्रस्तुति र सडक सुरक्षा समाधान,युवा नीति र सडक सुरक्षा अभियानी बीचको संवाद प्रदेश स्तरमा युवा सम्मेलन आयोजना गरेर जनस्तरसम्मको सहभागिता बढाउने जस्ता विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।
यो सम्मेलनमा सडक सुरक्षाको लागि विश्वव्याप युवा टकराव जस्ता अन्तर्राष्ट्रिय प्रयासहरूसँग मिलेर सडक सुरक्षाको सन्देश फैलाउने कार्यमा समर्पित हुने जनाइएको छ । सम्मेलनमा नेपालका विभिन्न १० प्रमुख क्षेत्र – दाङ, बुटवल, चितवन, नुवाकोट, सिमरा, दोलखा, कटारी, काभ्रेपलञ्चोक, काठमाडौँ, र धनगढी – का प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यी प्रतिनिधिहरूले स्थानीय स्तरमा सडक सुरक्षाको अवस्था र सुधारका उपायहरू प्रस्तुत गर्नेछन्। विश्व स्वास्थ्य संगठन युनएनडिपी, युनिसेफ यस अभियानमा सक्रिय रूपले संलग्न छन्। नेपालमा, भौतिक पूर्वाधार र यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय, र गृह मन्त्रालय यस समस्यामा सम्बद्ध हुने छन् ।
सडक दुर्घटनाबाट हुने क्षति घटाउन सरकारको प्रमुख कदम
नेपाल सरकारले विभिन्न प्रयासहरू गरेका भए पनि सडक दुर्घटनाका पीडितहरूको संख्या लगातार बढिरहेको छ । यसलाई रोक्नको लागि सरकारले सडक सुरक्षा परिषद गठन, सडक सुरक्षा ऐन पारित गर्ने, यातायात व्यवस्थापन ऐनमा सुधार गर्ने, सडक स्टार रेटिङ र सडक सुरक्षा अडिट जस्ता प्रमुख कदम उठाउनुपर्ने आवश्यकता छ ।
नेपालले संयुक्त राष्ट्रसंघको रोड सुरक्षा दशक २०११–२०२० को प्रतिवद्धता पूरा गर्न सकेको छैन। यस सम्मेलनले २०२५ मा मोरक्कोमा हुने मन्त्रालय स्तरको समीक्षा बैठकमा नेपालको सडक सुरक्षा प्रतिवद्धता प्रस्तुत गर्ने योजना बनाएको छ।
FACEBOOK COMMENTS