काठमाडौँ । नागारिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले सांसदसमेत रहेका चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो । विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि बसेको भेलाले श्रेष्ठलाई कारवाही गरेको थियो ।
बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो र रञ्जिताले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो। बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको ।अर्कोतर्फ रञ्जिताले भने आफु अहिले पनि नाउपाको अध्यक्ष रहेको भन्दै विधान विपरित बोलाइएको भेला नमान्ने बताएकी छन् । रञ्जिताले पार्टी विरोधी गतिबिधि गरेको भन्दै संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टिकरण सोधेकी छन् ।
FACEBOOK COMMENTS