काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज भट्टराई निर्वाचित भएका छन् ।
हालै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार खत्रीले २ हजार ५८१ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डोरप्रसाद आचार्यलाई पराजित गरेका हुन् । कांग्रेसका आचार्यले १ हजार ३११ मत प्राप्त गरेका छन् ।
एमालेकै तर्फबाट भट्टराईको प्यानलमा रहेका सदस्यहरू नवीन श्रेष्ठले ८०२, बुद्धिमान लामाले ७७६, महिला सदस्य चण्डिका रैलाले ८३०, दलित सदस्य शर्मिला नेपालीले ८३२ मत प्राप्त गरी विजय हासिल गरेका छन् । सबै सदस्यका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार थिए ।
उक्त वडाका लागि अध्यक्षका अर्का प्रत्याशी राप्रपा (हलो)का उम्मेदवार सुरेश तामाङले १४५ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद बजगाइँले ११७ मत प्राप्त गरेका छन् ।
अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गंगा पोखरेलले एक मत पनि प्राप्त गर्न सकिनन् । परिणामलाई हेर्दा पोखरेलले आफूलाई आफ्नै मत समेत नहालेको देखिन्छ ।
FACEBOOK COMMENTS