काठमाडौं । एनसेलको शेयर खरिदबिक्री प्रक्रियामा गम्भीर त्रुटी रहेको भन्दै प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
उनले दायर गरेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आज पेशी तोकिएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिटमाथि आज भने सुनुवाइ हुने भएको हो ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका छन् ।
FACEBOOK COMMENTS