चितवन । निजी क्षेत्रको अग्रणी दूरसञ्चारप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर बिक्रीबारे सरकार अहिलेसम्म अनविज्ञ रहेको पाइएको छ ।
सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले नै एनसेलको शेयर बिक्रीबारे आफू र सरकारलाई कुनै जानकारी नरहेको बताएका हुन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको स्पष्ट पारेका हुन् ।
‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,’ उनले भने । आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको भन्दै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए ।
आजियाटासँग एनसेलको ८० प्रतिशत शेयर किनेका सतिशलाल के भन्छन् ?
‘नेताहरूकै संलग्नतामा एनसेलको शेयर बेचियो, सरकारी स्वामित्वमा आउन नदिन चलखेल’
दुई खर्ब भन्दा बढी मूल्याङ्कन रहेको एनसेल ६ अर्ब रुपैयाँमा कसरी बिक्री भयो ?
सम्पादकसँग प्रधानमन्त्रीः टिकटक बन्द होइन नियमन गर्न सकिन्छ, एनसेल बिक्री प्रकरणमा थप अध्ययन हुन्छ
एनसेल शेयर खरिद-बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन
एनसेल सेयर विक्री प्रकरणः सरोकारवाला निकायलाई लेखा समितिले सोध्यो ९ प्रश्न (प्रश्नसहित)
एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा
FACEBOOK COMMENTS