काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)को अनुमति प्राप्त नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो बेष्ट फिनटेक अफ द इयरका रूपमा सो अवार्ड प्रदान गरेको हो ।
व्यापार, योजना, बैंकिङ र वित्तीय प्रविधिको प्रयोग र कार्यान्वयनमा अग्रसर र अब्बल व्यक्तिका रूपमा परिचित उनले यो क्षेत्रमा करिब २३ वर्ष बिताएका छन् । नेपालसहित बहराइन, भारत, नेदरल्याण्ड्सलगायत मुलुकहरूमा यससम्बन्धी काम गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनीयरिङमा स्नातक (बीई) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) गरेका छन् ।
नेपालमा इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–ईसीसी), अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) र रिटेल भुक्तानी स्विच (आरपीएस) को सुरूवातसँगै नेपाल क्लियरिङ हाउस स्थापनामा पनि महत्वपूर्ण योगदान गरेका प्रधानकै नेतृत्वमा फस्टर पेमेन्ट प्लेटफर्म (कनेक्ट आईपीएस), नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई), रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (कनेक्ट आरटीजीएस), कर्पोरेट–पे, क्यूआर भुक्तानीका लागि नेपाल–पे क्यूआरलगायत राष्ट्रिय स्तरका भुक्तानी प्रणाली तथा च्यानलहरू पनि कार्यान्वयनमा छन् ।
FACEBOOK COMMENTS