काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् । कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्दैछ ।
वैशाख २९ गते बुद्ध जयन्तीका परेकाले सार्वजनिक बिदा रहेको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले जेठ ९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS