काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
नेपाल ए.पि.एफ. क्लब, हलचोकमा २०८१ चैत्र ६ गते नेपाल बैंक लिमिटेडको ६५ औं साधारण सभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बसेको उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ।
सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ।
यसैगरी, बैंकको नियमावलीमा भएको व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका तय भएको थियो। तर, सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालीन अन्तरिम आदेशका कारण उक्त प्रक्रिया हाललाई रोकिएको छ।
यो सभाले बैंकको आर्थिक पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
FACEBOOK COMMENTS