काठमाडौं । नेपाल बैंकका पूर्वध्यक्ष चन्द्रबहादुर अधिकारीविरुद्ध छुट्टाछुट्टै तीनवटा भ्रष्टाचार मुद्दा दाय भएका छन् ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तीनवटा फरक–फरक मुद्दामा गरी अधिकारीसँग ७४ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको आरोपमा उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
उक्त परियोजनामा एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले जनही १९/१९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।
त्यसैगरी तनहुँ आबुँखेरेनी -१ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस लिएको आरोपमा डा. अधिकारीसहित ६ जनाविरुद्ध अलग्गै मुद्दा दाय भएको छ । उक्त मुद्दामा प्रतिवादीहरूबाट जनही ५०/५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
त्यस्तै, हिमाल तराई कन्स्ट्रक्शन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । यस मुद्दामा दुवै प्रतिवादीबाट जनही पाँच/पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा प्रवाह गर्दा ऋणीसँग उनले घुस खाएको पुष्टि गरेपछि नेपाल राष्ट्र बैंकले उनलाई गत वैशाख ८ गते कारबाहीस्वरुप पाँच लाख रुपैयाँ जरिवाना र नेपाल बैंकको स्वतन्त्र निर्देशक पदबाट बर्खास्त गरेको थियो ।
त्यसपछि उनी सम्पर्कविहीन छन् ।
मुद्दा १
मुद्दा २
मुद्दा ३
FACEBOOK COMMENTS