काठमाडाैँ। नेपाल बैंकको ८८औं वार्षिकउत्सवको अवसरमा नेपाल बैंकमा अनवरत रुपमा २५ देखि २० सम्म निरन्तर सेवा गर्दै आएका कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको छ । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकका सञ्चालक समितिको अध्यक्ष डा. चन्द्रबाहादुर अधिकारीले पुरस्कार तथा पदक हस्तान्तरण गरेको हुन् । २५ वर्षदेखि सेवा गरेका (२०५६ सालदेखि) विनय कुमार गुप्ता, वेद प्रसाद ढुंगाना, निरुदेबी नापित, समुन्द्रि जम्दारलाई दिर्घ सेवापदक तथा पुरस्कारबाट सम्मान गरिएको छ । त्यस्तै २० वर्ष अटुट काम गरेका कर्मचारीहरुमा समता पन्त, लक्ष्मण पौडेल, विश्वराज बराल, प्रकाश अधिकारी, होम बहादुर खड्कालाई पनि दिर्घ सेवा पुरस्कार पदकबाट सम्मान गरिएको थियो ।
त्यस्तै दिर्घ सेवा पुरस्कारबाट सम्मानित मुख्य प्रबन्धक बरिष्ठ प्रबन्धक तर्फबाट सम्मान पाउनेमा प्रतिभा डंगोल, दिपेन्द्रराज काफ्ले, प्रदीप कुमार पाठक, सुन्दर पन्थी, लेखननाथ भुसाल, शान्त बहादुर शाह, सचिता पराजुली,सुशिल कुमार नेपाल, किरण जंग कार्की, विनयकेशरी पौड्याल, निलुजा श्रेष्ठ, खड्ग सिंह मोक्तान तामाङ, रबीन्द्र महर्जन, संजिव जोशी, हरिप्रसाद ज्ञवाली उमाशंकर प्रसाद केशरी, तेजेन्द्र रेग्मी, कल्पना ढकाल, अश्वीन कुमार पुडासैनी, विष्णुहरि न्यौपाने, शिखर नाथ खनाल, होमनाथ दाहाल, प्रकाश पहारी, अम्बिकाप्रसाद अधिकारी, डम्मर बहादुर भण्डारी, श्रीप्रसाद सिवाकोटी, अमर बहादुर थापा, निर्मल सुवेदी, रोशन शाही, केशव प्रसाद भण्डारी, उमा नकर्मी र प्रबन्धक तर्फ गोपाल प्रसाद पाण्डे, र हेमा सिंह रहेका छन् ।
त्यस्तै उत्कृष्ट शाखाका प्रबन्धक तथा कर्मचारीहरुमा कोशि प्रदेशबाट बजार अड्डा शाखा मोरङका शाखा प्रबन्धक प्रकाश घिमिरे, मधेश प्रदेशबाट महेन्द्र नगर शाखा धनुषाका शाखा प्रबन्धक जय प्रकाश यादव, वगमती प्रदेशबाट रत्नगर शाखा चितवनका सरोज खनाल, गण्डकी प्रदेशबाट पृथ्वीचोक शाखा कास्कीका शाखा प्रबन्धक चुतुर्भूज अर्याल, लुम्बिनी प्रदेशबाट सिंअ खस्यौली शाखा रुपन्देहीका शाखा प्रबन्धक प्रतिज्ञा सुवेदी,कर्णाली प्रदेशबाट जाजरकोट शाखा जाजरकोटका शाखा प्रबन्धक श्याम वहादुर महत, ससुदुर पश्चिम प्रदेशबाट धनगढी शाखा कैलालीका शाखा प्रबन्धक कपिला श्रेष्ठ रहेका छन् । त्यस्तै भौगोलिक क्षेत्रका आधारमा पुरस्कार हुनेमा ‘क’ वर्गबाट रुमकोट शाखा पृथ्वी रुकुमका शाखा प्रबन्धक शशिराम के.सि, ‘ख’ वर्गबाट मुसिकोट शाखा, पश्चिम रुकुमका शाखा प्रबन्धक सन्तोष कुमार शर्मा रहेका छन् ।
FACEBOOK COMMENTS