काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लसबीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन गर्ने सुपारीको पातबाट निर्मित वातावरणमैत्री घरायसी सामग्री खरिद गर्दा विशेष छुट पाउने भएका छन ।
लिफ प्लस प्रालि ले काठमाडौंको शंखमुलमा उत्पादन गर्ने प्राकृतिक प्लेट, कचौरा, थाल, चम्चालगायतका सामग्री कम्पनीको वेबसाइट वा मोबाइल नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत अर्डर गर्न आग्रह गरेको छ ।
यस्तै ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था समेत गरेको छ ।
सम्झौता पत्रमा सोमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लसप्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन ।
FACEBOOK COMMENTS