काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा ६.५९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७÷७८ मा विद्युत बिक्रीबाट कुल ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ । जुन आ.व.२०७६÷७७ को तुलनामा ६.५९ प्रतिशले कमी हो ।
उक्त आवमा प्राधिकरणको नाफा ७६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । प्राधिकणका अुनसार आ.व.२०७७÷७८ मा सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले बृद्घि भई ६८ अर्व ४५ करोड पुगेको छ ।विद्युत खरिद बापत आ.व.२०७७÷७८ मा ४१ अर्ब ४६ करोड खर्च भएको छ । जुन आ.व.७६÷७७ को खरीद ३५ अर्ब १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ । आ.व.२०७७÷७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रहेको छ ।
यो संचालन मुनाफा आ.व. २०७६÷७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो । गत आ.व.मा कर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आ.व.२०७६÷७७ को रु १३ अर्ब २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो ।साथै आ.व. २०७६÷७७ को कर पछिको खुद मुनाफा रु ११ अर्ब ६८ करोड रहेकोमा गत आ.व.मा ३ अर्ब ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ । प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आ.व.२०७६÷७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आ.व.२०७७÷७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ ।
९० प्रतिशत जनसंख्या ग्रिडको पहुँचमा विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ ।सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व.२०७७÷७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पु¥याइएको छ ।
प्राधिकरणको उत्पादन घट्यो, भारतबाट आयात बढ्यो आ.व. २०७७÷७८ मा प्राधिकरणका जलविद्युतगृहबाट कुल २ अर्व ८१ करोडयुनिट विद्युत उत्पादन भयो । यो आ.व.२०७६÷७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो । आ.व.२०७६÷७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिटप्राप्त भएको छ । यस्तै, आ.व. २०७६÷७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत खरिद गरिएको छ । गत आ.व.मा प्रणालीमा ८ अर्व ८७ करोड युनिट घन्टा विद्युत उपलब्ध भयो ।
जुन, आ.व.२०७६÷७७ मा७ अर्व ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ । आ.व.२०७७÷७८ मा कुल विद्युत खपत७ अर्व ३१ करोड युनिट रहेको छ । जुनआ.व.२०७६÷७७को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ । विद्युत चुहावट बढ्यो आ.व.२०७७÷७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ,जुन आ.व.७६÷७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ । विद्युत खपतमा भएको बृद्घि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ्ग हुन नसकेको आदि कारणले उक्त चुहावटमा बृद्घि हुन गएको छ ।
FACEBOOK COMMENTS