काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।
उज्बेकिस्तान एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टिम सोमबार काठमाडौँ आइपुगेको हो ।
खेलाडीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । प्रतियोगिताको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एशियन कपमा छनौट हुन असफल भएको थियो ।
यस प्रतियोगितामा नेपालले लाओस र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको थियो ।
FACEBOOK COMMENTS