काठमाडौं । व्यवसायसँग भइरहेकै बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब प्रणालीसँग जोड्ने दाबीसहित नेपाली एचआर तथा पेरोल सफ्टवेयर नेपाल एचआरएम सार्वजनिक भएको छ।
नयाँ हार्डवेयरमा लगानी नगरी हाजिरीदेखि तलबसम्म स्वचालन गर्ने यो प्रणाली १० जनासम्म कर्मचारी भएका व्यवसायका लागि पूरै निःशुल्क रहेको कम्पनीले जनाएको छ।
ठुला संस्थाले पनि यही प्रणालीमा विस्तार गर्न सक्छन्। कम्पनीमा केही सजिला चरणमा दर्ता गर्न सकिने र यो स्वीकृति प्रक्रियाका आधारमा हुने कम्पनीले जनाएको छ। अधिकांश कम्पनी दुई–चार हप्ताभित्रै सञ्चालनमा आउने र अंग्रेजी तथा नेपाली दुवै भाषामा सहयोग उपलब्ध हुने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार नेपाल एचआरएमले जेडके–टेको, एनभिज, रियल्यान्ड, हाइकभिजनलगायत प्रचलित बायोमेट्रिक यन्त्र तथा अधिकांश पुसरपुल कम्प्याटिबल डिभाइसलाई सपोर्ट गर्छ। यसले व्यवसायले भइरहेकै यन्त्र प्रयोग गर्दै हाजिरीको डाटा सिधै प्रणालीमा ल्याउन सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार हाजिरीको डाटा स्वतः बिदा र तलब गणनासँग जोडिने भएकाले म्यानुअल इन्ट्री र स्प्रेडसिट मिलाउने झन्झट हट्छ र महिनाअन्तको पेरोलमा हुने गल्ती घट्छ।
कम्पनीका अनुसार, तलब गणनामा पिएफ, सिआइटी, एसएसएफ, इटिडिएस पहिल्यै मिलाइएका र दर फेरिँदा प्रणाली आफैँ अपडेट हुन्छ। कर्मचारीले एन्ड्रोइड आइओएस एपबाट चेक(इन, बिदा र पे(स्लिप पनि गर्न सक्छन्।