काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप तान्दै छ ।
बैंक तथा वित्तिय संस्थामा अधिक तरलता भएपछि पटकपटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने क्रममा यसपटक भने दुई महिनाका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
यसअघि, असोज २१ गते एक महिनाका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरको थियो ।
आज दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ मंसिर २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बोलकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् । व्याजदर पनि अनलाइन बोलकबोलबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।
