काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।
केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । जारी गरेको उक्त बिल कात्तिक २९ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल माघ ३ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि जारी गर्न लागेको ५ अर्बको ट्रेजरी बिल आगामी वैशाख १ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि जारी गर्न लागेको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० असोज ३० गते परिपक्व हुनेछ ।
FACEBOOK COMMENTS