काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
जेठ १३ गतदेखि लागू हुनेगरी आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS