काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् ।
कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उनले बताएका छन् ।
नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं ।’ अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी उनको छ ।
‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्किन चाहान्छु, त्यता नफर्कि उत्तादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिदैन भन्ने लाग्छ,’ उनले भने, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा सम्भावना छ ।’ चालू आबको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको मन्त्री शर्माको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
बजेटमा राख्ने मुख्य योजना सात दिन भित्र पेश गर्न अर्थमन्त्री शर्माको निर्देशन
FACEBOOK COMMENTS