काठमाडौं । नेपाल एसबिआई बैंक लण्डन र सिंगापुरबाट विभिन्न अवार्ड पप्त गरेको छ ।
बैंकलाई लण्डनको क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को) ले ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ र सिंगापुरको एसिएन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) ले ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ लगायत अवार्ड प्राप्त भएको हो ।
सिंगापुरबाट बैंकले ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर– नेपाल’ र ‘एसएमई बैंक अफ द इयर– नेपाल’ अवार्ड प्राप्त गरेको छ ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिवद्धतालाई जोड दिने बैंकले बताएको छ ।
FACEBOOK COMMENTS