काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, फूलबारी, पोखराबीच नेपाल एसबीआई बैंकका सम्पूर्ण ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देकोे उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरूङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिल ओदुभिलबीच सम्पन्न भएको थियो ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस सम्झौताबाट ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि शतप्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

