काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेयपदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककूमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र रेडिसन होटेल काठमाडौंका निर्देशक ९खाद्य तथा पेयपदार्थ० केदार पाण्डेले आदानप्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS