काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल एसबीआई बैंक लिमिटेडले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीपसम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाए ।
काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ, प्रशिक्षक र लेखिका पायल नानजियानीले नेतृत्व सीपसम्बन्धी प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तीकरण र समावेशिताका विषयमा समेत चर्चा गरिएको थियो ।
नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS