काठमाडौं । जेनजीको प्रदर्शन मुठभेड र तोडफोडमा परिणत भएपछि अहिले सरकारले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेना नयाँ बानेश्वर क्षेत्रमा पुगेको छ ।
कर्फ्यु आदेश पालना गराउने सेना बानेश्वर क्षेत्रमा पुगेको हो ।
जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।
FACEBOOK COMMENTS