काठमााडौं । निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन काठमाण्डौमा सुरू भएकाे दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलिलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यवसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुद प्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरेका छन् ।
पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पि.पि.आर. पाईप तथा फिटिङ्गस्, यु.पि.भि.सी. पाईप तथा फिटिङ्गस्, सि.पि.भि.सी. पाईप तथा फिटिङ्गस्, यु.पि.भि.सी. झ्याल ढोका, एच.डि.पि.ई. पाईप, डि.डब्ल्यु, सि. पाईप, स्टेनलेस स्टिल पाईप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, बरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिती रहेको थियो । राष्ट्रिय टोलिका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपाली सहित अष्ट्रेलिया, अफगानीस्थान, नामिबिया र ईटालीका अन्तराष्ट्रिय खेलाडीहरुले खेल्नेछन् ।

FACEBOOK COMMENTS