काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७० दशमलव ५९ विन्दुमा पुगेको छ । आज ३ सय ५ कम्पनीको १२ करोड १६ लाख ५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ४५ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS