काठमाडौं । आज आइतबार नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा कायम हुँदा एउटा लघुवित्त कम्पनीका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् भने अर्कोका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
नेपाल स्टक एक्सजेञ्जका अनुसार आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् । सो कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज सर्वाधिक कमाइ गर्ने अन्य स्टकहरूमा एनआईसी एशिया लघुवित्त, दोल्ती पावर कम्पनी, रापती हाइड्रो र मिथिला लघुवित्त छन् । यी कम्पनीका शेयर मूल्यमा क्रमशः ९.७२%, ९.३५%, ९.२३% र ८.७०% वृद्धि भएको छ ।
यसैगरी, आज सर्वाधिक गुमाउने पाँच कम्पनीहरूमा गुराँस लघुवित्त वित्तीय संस्था, हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ रिजेन्सी होटेल र ग्लोबल आईएमई व्यालेन्स फण्ड–१ छन् । यी कम्पनीका शेयर मूल्यमा क्रमशः १०%, ४.४१%, ४.३८%, ३.९३% र ३.९१% घटेको छ ।
त्यसमध्ये गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ भने यसका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
FACEBOOK COMMENTS