काठमाडौं । आज आइतबार नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा कायम हुँदा फाइनान्स कम्पनीका शेयरधनीहरू मालामाल भएका छन् ।
आज फाइनान्स उपसूचकमा ५ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्स, पोखरा फाइनान्स र जानकी फाइनान्सको शेयर मूल्यमा १०/१० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ भने मानुसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भइ सर्किट लेभलमा कारोबार भएको छ ।
यसैगरी, तारागाउँ रिजेन्सी होटेललगायत पाँच कम्पनीका शेयरधनीले आज सर्वाधिक गुमाएका छन् । नेप्सेका अनुसार आज तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आएर नकारात्मक सर्किट लागेको छ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ३५ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ३ दशमलव १० प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ दशमलव ७६ र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा २ दशमलव ५४ प्रतिशतले गिरावट आएको छ ।
नेप्से सूचक २ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
FACEBOOK COMMENTS