काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज करिब १६ अङ्क अर्थात् १५ दशमलव ६२ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९५८ दशमलव ७५ विन्दुमा ओर्लिएको छ ।
यस दिन ३१० धितोपत्रको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ ८८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.७९% देखि ०.९६% सम्मले गिरावट आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये विकास बैंक समूहबाहेक सबै उपसूचकहरू घटेका छन् ।
अघिल्लो कारोबार दिन गत आइतबार २४ दशमलव ५८ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९७४ दशमलव ३७ विन्दुमा रोकिएको थियो भने तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ ३९ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
प्रि–ओपन सेसनमा बजार ५ दशमलव ८४ अङ्कले वृद्धि भइ नेप्से सूचक ६ दशमलव ४७ विन्दुमा उक्लिएको थियो । उक्त सेसनमा ३६ वटा धितोपत्रको दुई हजार १५७ कित्ता शेयर ५३ पटक खरिदबिक्री हुँदा १० लाख ६० हजार ४६५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS