काठमाडौं । शेयर बजार आज सामान्य अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ६ दशमलव २२ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ८५ दशमलव ३० विन्दुमा उक्लिएको छ ।
यस दिन ३१५ धितोपत्रको ८२ लाख १७ हजार ३७१ कित्ता शेयर ५३ हजार ३११ पटक खरिदबिक्री हुँदा चार अर्ब दुई करोड ९४ लाख ६८ हजार ६२४ रुपैयाँ ९१ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.२३% देखि ०.५२% सम्मले बढेको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये जलविद्युत्, म्युच्युअल फण्ड, र अन्य उपसूचकहरू केही घटेका छन् भने अन्य सूचकहरू बढेको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये ग्लोकल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्यमा प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसाले बढेको छ । यस्तै, आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५ दशमलव ५१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS