काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ६७ अंकले बढेकाे छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६३ दशमलव २१ विन्दुमा पुगेको छ ।
आज ३ सय ९ कम्पनीको ९७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४० दशमलव ९३ रुपैयाँको कारोबार भएको छ ।
५१ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।
(नाेट : कारोबारको अन्तिम १५ मिनेटको औसत गणना बजार बन्द भएको केही समयपछि आउने भएकाले नेप्से सूचकमा सामान्य परिवर्तन आउन सक्नेछ ।)
FACEBOOK COMMENTS