काठमाडौं । आज नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ७० दशमलव ९४ विन्दुमा झरेको छ ।
आज ३ सय २१ कम्पनीको ९७ लाख ८३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ७४ लाख ७० हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ ।
५० करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
FACEBOOK COMMENTS